महिला मात्रै दाेषि कहिलेसम्म ?
![]() |
Pc: Google |
सुशीला धामी
८ मार्च अर्थात अन्तर्राष्ट्रिय नारी दिवसको दिन चारतारे होटल देखी शहरका गल्लि गल्लिमा महिला शशक्तिकरणका चर्का नारा र बहश हेर्दा लाग्थ्यो अब आर्थीक र सामाजिक समानता आएछ क्यार ! विभिन्न संघसंस्था अनि समूहले महिला हिंसा गर्ने व्यक्तिलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग समेत राखिरहेका थिए जहा महिला मात्र होइन पुरुष सहभागिता समेत देख्न सकिन्थ्यो । चर्का नारा अनि भाषण हेर्दा लाग्थ्यो अब कुनै पुरुषले महिलामाथी हिंसा गर्ने विषयमा सोच्ने सम्म छैन । तर मेरो सोचाइमा त्यतबेला पूर्णविराम लाग्यो जब बेलुका मेरो एकजना साथीले स्क्रिनसट गरेर पठाएको म्यासेज पाए । म्यासेजमा लेखिएको थियो "हेलो माया ! जहिले राति अनलाइन हुन्छौ, श्रीमानको याद आउछ कसो ? हामीलाइ नि सम्झिय हुने । " त्यसपछि उक्त पुरुषको प्रोफइल हेरे, तिनि उनै पुरुष थि जो दिउसो मात्रै महिला हिंसा जघन्य अपराध हो भन्दै चर्को बोलीरहेका थिए र पछि थाहा पाए महिला हिंसाका विरुद्धमा काम गर्दै आएको एक संस्थामा काम समेत गर्दा रहेछन्। उनी त एक पात्र मात्र हुन।
हाम्रो समाजमा पुरुषले जे गरे पनि कसैले प्रश्न उठाउदैन अझ त्यसमा गल्ति समेत महिलाकै देखाइन्छ । इन्टरनेट चलाउने र सामाजिक सञ्जालमा अनलाइन बस्ने महिलालाई गलत व्याख्या गरेर चरीत्र हत्या गरीएको कैयाले गुनासो गर्छन। सामाजिक सञ्जालमा पुरुषवाद मात्र होइन, समाजमा रहेका सबै विभेदकारी व्यवहारहरु अझ खतरनाक तरीकाले झल्किन्छ । गाली गलौज, छेडखानी, गलत कुराको खुला प्रचार हेर्दा सामाजिक सञ्जालमा झनै धेरै असामाजिक चरीत्र देखिन्छ ।
हाम्रो समाजमा महिलाका बारे सोचाइ अझै पनि बदलिएको छैन भन्ने कुरा विभिन्न समय समयमा घट्ने घटनाहरुले प्रष्ट हुन्छ । बेला बेलामा आफ्नो श्रीमानले कमाएको पैसा बिना काममा उडाएको जस्ता आरोपहरु लाग्ने गर्दछन् । बिदेशमा भएको श्रीमानले कमाएको पैसा लिएर श्रीमती अर्कै पुरुष सँग भागेको कुरा प्रशस्त सुन्न पाइन्छ तर यसको कारणबारे कसैले बिचार गरेको पाइदैन । घटना जुनसुकै घटोस यदि त्यहा महिला छ भने सिंगो दोष महिलामाथि नै लगाएन्छ । पुरुषले घरमै पहिलो श्रीमती हुदाहुदै दोस्रो बिहे गरेपनि सहज रुपमा स्वीकार गर्छन तर महिलाकै कारणले अर्को बिहे गर्यो भन्न पछि पर्दैनन् । यसो हेर्दा लाग्छ प्रत्येक गल्तिमा महिला पात्र नै अगाडि हुन्छ ।
हामिले बेलाबेलामा समाचारमा बेस्याको आरोपमा महिलालाई गाउनिकाला भनेर सुन्छौ । तर के महिला एक्लै बेस्या हुन सक्छ ? कुनै एउटा महिला बेस्या भएर गाउँ निकाला हुदा महिला सँगै पुरुष किन निकाला हुदैन र एउटा महिला बेस्या हुदा पुरुष किन भएन ? महिला दोषि अनि पुरुष निर्दोष कसरी ? यदि कुनै पनि सम्बन्धमा दुबैको समान हात हुन्छ भने बराबरी सजाय हुनु पनि जरुरी छैन र ?
यति मात्र होइन महिला बलात्कृत हुदा पनि गल्ति महिलाको नै देख्ने यो कस्तो समाज ? बलात्कुत महिलाले छोटो लुगा लगाएको होला त्यसैले भयो भन्न पछि पर्दैनौ । के कुनै महिलाले छोटो स्कर्ट लगाउनु भनेको बलात्कारको निम्तो दिनु हो ? यदि हो भने ४ वर्षिय बालिका अनि ६५ वर्षिय वृद्धा बलात्कृत हुनुमा कस्को गल्ति ? के को निम्तो दिए त उनीहरुले ?
सामाजिक व्यवहार र मान्यताका आडमा महिलामाथी गलत व्यवहार कहिलेसम्म ? प्रत्येक कुरामा महिलालाइ नै दोषि ठान्ने मान्यता तौडौ । हामिले जब आफ्नो सोच र मनस्थिति बदल्छौ तब मात्र परिस्थिति बदलन्छ । परिवर्तन भाषणमा मात्र होइन व्यवहार अनि सोचमा पनि ल्याउने कि ??
Comments
Post a Comment